२१ भदौ, पोखरा । सबै प्रदेशका मुख्यमन्त्रीको समस्या उस्तै छ । उनीहरुका माग पनि एउटै छ, ‘कर्मचारी देउ, संरचना देऊ, प्रदेश प्रहरी, लोक सेवा आयोग, वित्त बाँडफाँट लगायत कानुन बनाइदेऊ । गुनासो पनि एउटै छ, ‘प्रदेशलाई अधिकार दिन संघीय सरकारले कन्जुस्याइँ गर्दा बजेट कार्यान्वयनमै समस्या पर्यो ।’
पोखरामा भेला भएका मुख्यमन्त्रीहरुले [...]
२१ भदौ, बंगलादेश । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ ।
पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो ।
खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका [...]
२१ भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएपछि प्रशिक्षक बालगोपाल महर्जनले आफूले बनाएको योजनाले काम गरेको बताएका छन् ।
खेलपछि प्रतिक्रिया दिँदै उनले भने, ‘भुटानविरुद्ध मैले बनाएको योजना राम्रो भयो । खेलाडीहरुले मैले भनेजस्तो नै गरे । राम्रो मेहनत गरे । तालमेल देखियो ।’
पहिलो खेलमा [...]
२१ भदौ, गोरखा । पूर्वराजपरिवारका सदस्यहरुलाई औपचारिक कार्यक्रममा आजभोलि बिरलै देख्न पाइन्छ । तर, बिहीबार गोरखाको पालुङटार नगरपालिका-५ ठाटीपोखरीमा पूर्वराजपरिवारका अधिकांश सदस्यहरु एकै साथ देखिए ।
पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एउटै मन्चमा थिए । सँगै पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंह, धिरेन्ऽकी छोरी दिलासा [...]
२० भदौ, ढाका बंगलादेश । कप्तान विराज महर्जनले नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् ।
बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानसँगको खेलको ८४ औं मिनेटमा मैदानमा छिर्दै उनले ६९ क्याप जित्दै नेपाली फुटबलमा कीर्तिमान कायम गरेका हुन् । उनी दिनेश राजवंशीको स्थानमा मैदानमा छिरेका थिए ।
पाकिस्तानसँगकै खेलबाट विराजले [...]